१६ असार २०८३, मंगलवार
,
Latest
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद उत्कर्षमा : ओलीले एकतर्फी स्थगित गरेको स्थायी समिति बैठक प्रचण्डद्धारा शुरु



अ+ अ-

काठमाडौं । आज शुरु भएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकबाट नेकपाको विवाद चरम उत्कर्षमा पुगेको देखिएको छ । आजका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रचण्डसँगको परामर्श विना नै स्थगित गरेको सूचना मिडियामा पठाएका थिए । तर त्यो थाहा भएपछि पनि अधिकांश स्थायी समितिका सदस्यहरु बैठकमा पुगे । अहिले बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै बैठक बसेको हो । 
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी निकटका स्थायी समिति सदस्यहरुको सहभागिता रहेको छैन । यद्यपी स्थायी समितिमा रहेका बहुसंख्यक सदस्यहरुको सहभागिता रहेको बालुवाटार स्रोतले जनाएको छ । 

बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए  । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक बसेको हो । बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफल समेत गरेका थिए भने सो क्रममा प्रचण्डले  बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएक थिए । पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए । 

उता नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको उल्लेख छ । तर यस विज्ञप्तिप्रति नै प्रचण्डको आपत्ति रहेको छ ।