१६ असार २०८३, मंगलवार
,
Latest
पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुब्यो तुम्लिङटार, तीन घर भत्किए



अ+ अ-

खाँदबारी । लगातारको बर्षातका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ ।  

माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् । 

पहिराले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ । ढुङ्गेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।