१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्छ : सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी रहेको बताउनुभएको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।

प्रजातन्त्र विरोधि शक्तिहरु सरकारमा रहेको उल्लेख गर्दै उहाँले सरकारका कारण प्रजातन्त्र माथि संकट आउने अवस्था आएको बताउनुभयो ।

प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ जसले भोलि आउने च्यालेञ्जहरु सामना गर्न सकियोस् । प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’’

सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताउनुभयो । थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा थापाले वि.स. २०१० बाट नाता टुटेको कांग्रेससँग ६७ वर्षपछि जोड्न पाएकोमा आफुलाई खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘२०१० देखि कांग्रेससँगको म र मेरो परिवारको नाता टुटेको थियो । मेरो बुवा स्व. सूर्यबहादुर थापा २००८ मा कांग्रेसको कोषाध्यक्ष हुनुहुन्थ्याे विराटनगरामा । २०१० सालमा धनकुटाको सभापति पनि हुनुभयो । आज झण्डै ६६, ६७ वर्षपछि नाता जोड्न पाएँ ।’’

थापाले राप्रपाले संविधान निर्माण हुँदा गरेको वाचा तोडेका कारण लोकतान्त्रिक मार्ग लिन कांग्रेसमा प्रवेश गरेको पनि बताउनुभयो ।

गत शनिबार राप्रपा परित्याग गरेका थापासहितका नेताहरु आज मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमकाबीच सभापति देउवाले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभयो ।

नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाउनुभएको थियो । देउवाले सदस्यता प्रदान गर्नुभएको थियो ।