१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल राति नौ बजे सुटुक्क बालुवाटार छिरेपछि……



file
अ+ अ-

काठमाडौँ । गएको शुक्रबार राति नौ बजेतिर नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आफ्ना सुरक्षाकर्मीलाई समेत पत्तो नदिई सधैं प्रयोग गर्ने सवारी साधन छाडेर अर्को एक निजी सवारी साधन लिएर निवासबाट निस्किए ।  

शक्ति संर्घषका कारण पार्टी भित्र चरम अन्तरबिरोध रहेको अवस्था तथा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग बढ्दै गएको दुरीका कारण प्रायः शीर्ष नेताहरु एक प्रकारको मानसिक दबाबमै रही आएका छन् । 

कोटेश्वर निवासबाट निस्किएको नेपाल सवार गाडी नौ बजेतिर बालुवाटार प्रवेश गर्यो । त्यसबेला बालुवाटारमा पनि लगभग सुनसान नै थियो । सचिवालयमा सदस्यहरुलाई पनि अलि छिट्टै नै बिदा गरिएको थियो । नेपालको सवारीसाधन बालुवाटार एक नम्बर गेटबाट प्रवेश गर्ने बित्तिकै पार्टी अध्यक्ष ओली उनलाई बैठक कक्षमा पर्खिरहेका थिए । आफ्ना सचिवालयका कुनै पनि सदस्यलाई जानकारी नगराइएको भेट राती ११ बजेसम्म चलेको  थियो । 

नेता नेपाल ११ बजे बालुवाटारबाट कोटेश्वर फर्किएका थिए । उच्च स्राेतका अनुसार दुई नेताबीच बिगतका असहमतिलाई अन्त्य गर्दै नयाँ सिराबाट सहमति भएको जनाइएको छ । आगामी दिनमा एक अर्कालाई सहयोग गर्ने सहमति समेत भएको स्राेतले जनायो । 

जसका कारण मंगलबार नेता बामदेव गौतमको छ बुँदे प्रस्ताव पनि एक भएको जनाइएको छ । जसको छनक मंगलबारको बालुवाटारको  बैठकमा देखियो । स्थायी समितिको बैठक औपचारिक रुपमा स्थगित भएपछि उपस्थित स्थायी समिति सदस्यहरुबीच छलफल गर्ने कि नगर्ने भन्ने बारेमा नेताहरुबीच सम्बाद हुँदा नेता नेपाल प्रायः मौन नै रहे । 

अध्यक्ष दाहाल र अर्का नेता झलनाथ खनाल अध्यक्ष ओलीसँग सम्बाद गर्न उनको निवासमा गएको समयमा केही नेताहरुले माधव कुमार नेपाललाई पनि जान आग्रह गरेपनि उनी सम्बादका लागि प्रधानमन्त्रीसँग पुगेनन् । पछि सुरु भएको अनौपचारिक छलफलमा पनि अध्यक्ष दाहाल, नेता खनाल केही बेले पनि नेता नेपाल भने मौन नै बसेका थिए ।

पछिल्लो समयमा असन्तुष्ट नेताहरुसंग एकल सम्बाद गर्दै आएका अध्यक्ष ओलीले माधव कुमार नेपाल, बामदेव गौतम, रामबहादुर थापा, भीम रावलसंग पनि छलफल गरिसकेका छन् । जसका कारण नेकपा भित्रको शक्ति संघर्ष निकै रोमाञ्चक मोडमा पुगेको छ । यतिबेला शक्ति सन्तुलनको तराजु लाग्दैछ अध्यक्ष ओलीतिर अलि बढी भारी हुँदै गएको छ ।