१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशका कुन-कुन स्थानमा पर्नेछ ठूलो पानी, यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ । 

महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारि गर्दै आज प्रदेश ५ र गण्डकी प्रदेशका केही तथा प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको ठूलो पानी परेपछि बाढी, पहिरो र डुबान हुने जोखिम भएकाले आसपासका बासिन्दाले सावधानी अपनाउनुपर्ने जनाएको  छ । 

आज बिहान सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ को महोत्तरी, धनुषा र सप्तरीका केही ठाउँमा ठूलो पानी परेको र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको महाशाखाले जनाएको छ । 

यसैबीच गएको ६ घण्टामा ठूलो पानी परेपछि दैलेख र सुर्खेत भएर बहने नदीमा एक्कासी बाढी आउने जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाकाअनुसार अहिले लोहोरे खोला तल्लो ढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ ।