१६ असार २०८३, मंगलवार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा सलह देखिए, बाली नष्ट गरेपछि किसान चिन्तित



अ+ अ-

कर्णाली । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पुर्याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् । 

सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको किसानको दाबी छ । भेरीगङ्गा १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाएको मकैबाली सलहले क्षति गरेको बताए ।

“कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन्, लगाएको बाली सलहले खाइदियो,” उनले गुनासो गरे, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाएको बालीमा सलहले क्षति गरेको छ । 

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । तर लकडाउनले आँप बिक्रीमा समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, नरबहादुरले भने ।

स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पुर्याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिन अघि स्थलगत अवलोकन गरेको थियो । 

मन्त्री आफै खेतबारीमा आएर क्षतिको अवस्था बुझेर फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएका थिए ।

प्रतिकूल मौसमका कारण सानो–सानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पु¥याउनसक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पु¥याएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन, चिङ्गाड गाउँपालिकाको केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलह कीराले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि, क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन् । 

एकीकृत कृषि प्रयोगशालाका बाली सङ्रक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए । उनका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदो लगायतको बालीमा सलहले क्षति पुर्याएको छ ।

दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पुर्याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा पनि सलहले क्षति गरेको छ ।