१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा ओलीको विकल्प कोही छैन, सरकारले नयाँ इतिहास बनाउनुपर्छ : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताउनुभएको छ ।

स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो । रिपोर्टस क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले भन्नुभयो, ‘‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’’

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने उहाँले बताउनुभयो । 

मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरु खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमति मै टुंगो लाग्ने बताउनुभयो ।