१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोच गलत ,वातावरण र मानविय जीवनमा असर



अ+ अ-

काठमाडौं । नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ । नेपालमा मापदण्ड र नियम विपरित कृषि बालीमा विषादीको प्रयोग हुँदा वातावरणमा पर्ने असर विकशित देशहरुमा भन्दा उच्च रहेको छ । 

विषादी विज्ञ भक्तराज पालिखेले न्यूज एजेन्सी नेपालका संबाददातासँगको कुराकानीमा नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड र नियम विपरित हुने गरेको बताउनुभएको हो । उहाँले विषादीलाई औषधिको रुपमा प्रयोग गरिने सोचलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । तथ्याङ्क अनुसार विकशित देशहरुमा प्रतिहेक्टर २ किलो भन्दा बढी विषादीको प्रयोग हुन्छ । 

नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको बताइन्छ । जुन अत्यन्तै कम हो । तर कम विषादीको प्रयोग हुँदापनि मापदण्ड अनुसार नहुँदा नेपालको वातावरण र जनसंख्यामा नकारात्मक असर पर्ने गरेको छ । विज्ञ पालिखेले विकशित मुलुकमा विषादीको प्रयोग बढी र वातावरणमा पर्ने असर कम भएको तर नेपाल जस्तो मुलुकमा विषादीको प्रयोग कम र वातावरणमा पर्ने असर बढी रहेको बताउनुभयो । 

उहाँले विकशित देशमा विषादीको खपत बढी भएपनि मापदण्ड र नियम अनुसार प्रयोग गर्दा वातावरण र मानव जीवनमा कम असर पर्ने गरेको बताउनुभयो । नेपालमा अहिलेसम्म ३ हजार ३५ वटा व्यापारिक नामका विषादी र १ सय ७० वटा वैज्ञानिक नामका विषादीहरु दर्ता भई प्रयोगमा आएको छ । जसलाई समान्य अवस्थामा लिन नहुने पनि पालिखेले बताउनुभयो । उहाँले कृषि बालीमा किरा लागेपछि विषादीको प्रयोग गर्नै पर्छ भन्ने सोचलाई बदल्नुपर्ने र यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । 

किसानले विषादी छान्दा पसलेको भरमा छान्ने बानिलाई हटाएर प्राविधिकको सल्लाह अनुसार छान्नुपर्ने बताउनुभयो । रातो र पहेलो रंङको विषादी भन्दा हरियो र निलो रंङको विषादीले वातावरणमा कम असर पर्ने भएकाले किसानले विषादीको छनौटमा विशेष ख्याल पुर्याउनुपर्ने उहाँले बताउनुभयो । खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ । छिमेकी देशहरुले प्रयोग गरिरहेका कतिपय विषादीहरु नेपालमा प्रतिवन्धित छन् । खुला बोर्डरका कारण लुकिछिपी आएका त्यस्ता विषादीको प्रयोग हुन सक्ने भएकाले सरकार र किसान दुवै सजग हुनुपर्ने देखिन्छ ।