२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

वायु प्रदुषणले खतराको तह पार गर्यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँः डा.अजित श्रेष्ठ

वायु प्रदुषणले खतराको तह पार गर्यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँः डा.अजित श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदुषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भएपनि यतिबेला वायु प्रदुषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरुमा जाने बिरामीको संख्या बढेको छ ।

अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा।अजित श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताउनु भयो । छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको समेत उहाँको भनाइ छ । उहाँल वायु प्रदुषणका कारण मुटुमा असर गर्ने र हृदयघातको समेत उच्च जोखिम हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदुषणको कारणले गर्दा बिरामीको चाप अस्पतालहरुमा बिस्तारै बढ्दै गएको छ । विशेष गरेर श्वासप्रश्वासको समस्या लिएर बढी आउँछन् । सँगसँगै आँखा, नाक, कान, घाँटी तथा छालाका समस्या लिएर आएका छन् । घाँटी खसखस गर्ने, आँखा पोल्ने र आँशु आउनेलगायतका समस्या लिएर आएका छन् । छातीका संक्रमण लिएर बिरामीहरु धेरै छन् ।केही बिरामीहरु आइसियुमा समेत राख्ने अवस्था आएको छ । आइसियुको बिरामीको चाप पनि बढेको छ । वायु प्रदुषणले गर्दाखेरि हृदयघात हुने सम्भावना पनि बढी हुन्छ भन्ने अध्ययनले देखाएको छ । हाम्रो अरु अस्पतालका डाक्टरहरुको कुरा सुन्दा पनि मुटुका रोगीहरुको पनि उत्तिकै चाप बढेको छ ।’

डा. श्रेष्ठले वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका तथा गर्भवति र सुत्केरीमा ठूलो जोखिम निम्त्याएको बताउनु भयो । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा रहेको उहाँको भनाइ छ । उहाँले अहिलेको जटिल समयमा व्यायामको रुपमा बिहान हिँड्ने कार्य रोक्नुपर्ने बताउनु भयो । मर्निङ वाल्कको नाममा बिहान हिँड्दा थप रोग निम्तिने भन्दै उहाँले घरमै बसेर व्यायाम गर्न सुझाव दिनुभयो । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने मान्यताबाट यतिबेला पछि हट्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उमेर समूहको कुरा गर्दा जहिले पनि स्वास्थ्यमा जोखिममा पर्ने भनेकै वृद्धवृद्धा र बालबालिका । अर्को भनेको गर्भवती र सुत्केरी महिला तथा दीर्घरोगीहरु जस्तो मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका रोगी पनि पनि उच्च जोखिममा हुन्छन् । त्यस्ता रोगीले बच्नुपर्ने मेरो सुझाव हुन्छ । हामी स्वस्थ हुनका लागि व्यायाम गर्ने, मर्निङ वाल्क गर्नेगर्छौं । जब अहिले बाहिर हिँड्दा झन् रोग निम्तिन्छ, बढी अस्वस्थ भइन्छ भने हिड्नुको के तुक रु त्यसकारण अहिलेको अवस्था जस्तो छ त्यसलाई विशेष महत्व दिनु जरुरी छ । अहिलेको अवस्थामा हिडडुल गर्नु एकदम खतरनाक छ । हिडडुल गर्नै पर्ने भए घरकै कोठामा हिँडडुल वा व्यायाम गर्न पनि सकिन्छ । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने पनि होइन । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने कुरामा अहिले लाग्नु हुँदैन ।’

डा. श्रेष्ठले वायु प्रदुषणले खताराको तह पार गरेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर केही न केही निर्णय गर्नुपर्ने बताउनु भयो । स्वास्थ्य विशेषज्ञहरुसँग परामर्श लिएर सरकारले ठोस निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले जनस्वाश्थ्यामा सरोकार राख्ने हो भने यसबारेमा केही न केही सोच्न आवश्यक भइसकेको अवस्था हो । सरकारी तवरबाट के कस्तो निर्णय आउँछ त्यो हेर्न बाँकी नै छ । तर जनस्वास्थ्यको अवस्थालाई खतराको तह पार गरिसकेको अवस्थामा केही न केही निर्णय होला भन्ने ठानेको छ । त्यो सरकारले विशेषज्ञहरुसँग बसेर गर्ने निर्णयको एउटा पाटो भयो तर व्यक्तिगत रुपमा मैले भन्नुपर्दा यो अवस्था आइसकेको छ ।’

डा. श्रेष्ठले वायु प्रदुषण विकराल बन्दै गएकाले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनु भयो । सन्तुलित, पोषिलो र स्वस्थ भोजनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बाहिर हिँड्डुल गर्नैपर्ने अवस्थामा मास्क प्रयोग गरेर धेरै हदसम्म बच्न सकिने उहाँले बताउनु भयो ।