१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह



अ+ अ-

काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन्। भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा यहाँस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज दूतावासमा आयोजना गरेको कार्यक्रममा उहाँले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिए। 

राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मिरमा मानवाधिकार उल्लङ्घनका धेरै घटना भएका र त्यसको जानकारी अन्तरराष्ट्रिय समुदायलाई समेत भएको बताउँदै काश्मिरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमतसङ्ग्रहका लागि सघाउन अन्तरराििष्ट्रय समुदायसँग आग्रह गरे ।

“दक्षिण एशियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मिरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ”, सत्तरी वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको बताउँदै उनले भने । सङ्घका महासचिव मञ्जुरत्न शाक्यले वार्ताका माध्यमबाट समस्याको निकास खोज्न भारत सकारात्मक हुनुपर्ने बताए । 




भर्खरै