वीरगञ्ज । गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड अस्पताल बीरगन्जले जनाएको छ ।
उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको थियो ।











