१६ असार २०८३, मंगलवार
,
Latest
विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व अनुसन्धान कार्यालयका अधिकृत विजय राना घुस सहित पक्राउ



अ+ अ-

काठमाडाैंः राष्ट्रिय अनुसन्धान विभाग अन्तरगतकाे राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने  सूचना एवं उजुरी निवेदनका आधारमा राना पक्राउ परेकाे आयोगले जनाएकाे छ ।

आयोगको अनुसन्धान टोलीले प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झालाई दुई लाख घुस/रिसवतबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोक, रुपन्देहीबाट नियन्त्रणमा लिएकाे हाे ।

राजश्व हिनामिनाका घटना अनुसन्धान गर्ने निकायका प्रमुख नै यस्ताे अवैध धन्धा र रकम असुलीमा लागेकाे याे पहिलाे घटना भने हाेइन । यसअघि पनि राजश्व अनुसन्धान र राजश्व विभाग मातहतका कर्मचारीहरू घुसखाेरीमा पक्राउ परिरहेका छन् ।




भर्खरै