१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने



अ+ अ-

विदुर । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख  दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्नका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद खतिवडाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन खरिद गर्न बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउने छन् भन्ने उद्देश्यले पिसिआर ल्याब मेशिन खरिद गर्नलाई बजेट दिने निर्णय गरिएको हो ।  

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेशिन खरिद गर्नका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने जानकारी दिए । पछि नगरपालिकाको रकमलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विदुर नगरपालिकालाई स्रोतभर्ना गरिनेछ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हुनाले समुदायस्तरमा सङ्क्रमण फैलिने जोखिम कम गर्न पनि पिसिआर ल्याब स्थापना हुन जरुरी रहेको बताए।