काठमाडौँ । काठमाडौँसहितका उपत्यकाका तीन ओटा जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु १५ दिनसम्मका लागि रोक्ने निर्णय गरेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले उपत्यकाका तीन ओटै जिल्लामा कोरोना महामारीको संकट बढ्दै गएकोले त्यसको नियन्त्रण र रोकथामका लागि सो निर्णय गरेको जनाइएको छ । अत्यावश्यक बाहेकका ती कार्यालयबाट दिने सेवाहरु रोकिने भएको हो ।
आजको सो बठकका अनुसार अन्य सरकारी कार्यालयहरुका हकमा भने सम्बन्धित कार्यालयका प्रमुखले निर्णय गरे बमोजिमको हुने निर्णय गरेको छ । साथै आजको बैठकले कुनै ठाउँमा कारोना देखिएमा त्यसलाई सिल गरिने पनि जनाइएको छ ।











