१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन: रायमाझी



फाईल फोटो
अ+ अ-

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए । 

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए। 

पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए । उनले भने, “व्यक्ति नभई  पार्टी र सङ्गठन ठूलो र शक्तिशाली हुनुपर्छ ।” सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानाको विकल्प छैन भने ।