१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिँदैन: मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।  । आज पशुपतिमा आयोजित कार्यक्रमकाबिच उनले “पहिले जस्तो राजनीतिक अस्थिरता अहिले छैन, जन अनुमोदित र बलियो सरकार भएकाले राजनीतिक सौदाबाजी गर्नुपर्ने आवश्यकता छैन, राजनीतिक उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिँदैन”, भने

कुनै पनि राजनीतिक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदामाथि ज्यादती गर्न नपाइने मन्त्री भट्टराईको भनाइ थियो । सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाउन सरकार लाग्ने प्रतिबद्धता पनि उनको छ । २०४३ सालमै सरकारले तोकेको पशुपति क्षेत्रको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले चारकिल्लाभित्र बन्ने निजी संरचना पनि सम्पदा मापदण्डभित्र हुनुपर्ने बताए ।

पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि सङ्र्घष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

लोकतान्त्रिक व्यवस्थामा व्यक्तिका असन्तुष्टि वा फरक मतप्रति सम्मान रहने भएकाले कार्यदल बनाइएको उनको भनाइ थियो । सरकारले कुनै पनि नागरिकलाई विकल्पविना निवासबाट नहाउने र त्यसो गर्न कानूनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र मापदण्ड विपरीत मनलागी गर्न पाइदैन’ ।

पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाउँ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उनले कोषका पदाधिकारी तथा कर्मचारीलाई सचेत गराए। खार्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा कारबाही गर्ने मन्त्री भट्टराईले चेतावनी दिए । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले पशुपति क्षेत्रको तिलगङ्गामा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वले युक्त त्रिविक्रमको मूर्तिलाई संरक्षण गर्न पनि माग गरे।