बुटवल । कार दुर्घटनामा परि तीन जनाले ज्यान गुमाएको छन् । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।
दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका– ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।











