२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन हुन्छ: धवलशम्शेर राणा

सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन हुन्छ: धवलशम्शेर राणा
अ अ+ अ-

काठमाडौं । राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणा सरकारले समय रहदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम, र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिने जनाउनु भएको छ ।

शुक्रबार साँझ सामाजिक संञ्जालमा एक सन्देश राख्दै बिरोध निरन्तर रहने जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ-

आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुने, काठमाडौंमा भएको नागरिकहरुको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरी शान्तिपूर्ण प्रदर्शनमा भएको दमन, अश्रुग्यासप्रहार, लाठीचार्ज जस्ता घटनाहरू गम्भीर विषय हुन् साथै आन्दोलनका क्रममा हुन आउने जन धनको क्षेतिको जिम्मेवारी गृह प्रशासन,राज्य र सरकारले लिनु पर्छ ।प्रदर्शनमा बल प्रयोग गरि आन्दोलनलाई रोक्ने सरकारको रणनीति नेपाली जन(समर्थनले विफल पार्ने छन ।

सरकारले समय रहदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम, र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिने छन।

शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोलि लागि किर्तिपुरका २९ वर्षिय सविन महर्जनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । सविनको आत्माको चिर शान्तिको कामना सहित शोकको घडिमा परिवारजनमा गहिरो समवेदना साथै गम्भीर घाइते भइ अस्पतालमा उपचाररत सम्पुर्ण घाइतेहरूलाई पुर्ण शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।