
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु खेदजनक भएको जनाउनु भएको छ ।
शुक्रबार साँझ सामाजिक संञ्जालमार्फत अध्यक्ष थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापनाको निम्ति आज काठमाडौंमा भएको प्रदर्शनको क्रममा सरकारले गरेको दमनको भत्सर्ना गर्नुभएको को ।
उहाँले प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर किर्तिपुरका युवा सविन महर्जनले सहादत प्राप्त गरेका छन्। तिनकुनेमा आगो लागेको भवनमा जलेर एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको निधन भएको सुन्दा स्तव्ध भएको छु। यो घटनाको जति नै निन्दा गरे पनि कम हुने जनाउनु भएको छ ।
थापाले दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दे घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले तिनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा शुरु हुनु अगावै मञ्चमा अश्रुग्यास प्रहार गरेपछि परिस्थिति अराजक हुनपुगेको जनाउनु भएको छ ।
थापाले सरकारी दमनको कारण उत्तेजित भिडले नेकपा (एस) को पार्टी कार्यालय,प्रकासन गृह, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय भएको जनाउनु भएको छ ।