२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो । उहाँले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरू गरिएको बताउनुभयो । उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।

विभिन्न धार्मिक सङ्घसंस्था तथा राजावादी समर्थकहरूले हिन्दू राष्ट्र पुनःस्थापनालगयत माग गर्दै जुलुस प्रदर्शन तथा आन्दोलनका क्रममा तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आक्रोशित बनेको आन्दोलनकारीको भीडले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेको हो ।

आलोकनगरस्थित कार्यालयमा आन्दोलनकारीले तोडफोडका क्रममा गरेको आगजनी सुरक्षाकर्मीलगायत सहयोगमा निभाइएको छ । रासस