१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन

राजवादीलक्षित महासचिव चन्दको टिप्पणीः जनतालाई प्रभुहरुको खाँचो छैन
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको हो ।

उहाँले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिनुभयो । नागरिकका सबै चाहानाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको उहाँको भनाइ छ । उहाँले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गाण्तन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र आएपछि केही नेपाहरुको उठिवास भएको छ नेपालमा । हामीले दुईवटा दुश्मनहरुका विरुद्ध लडेका हौं । हामी दुई वटा बन्धन र दुई वटा समस्याका विरुद्धमा लडेका हौं । हामीले सामन्तवादको विरुद्धमा लडेका हौं । हामी दलाल पँुजीवादको विरुद्धमा लडेका हौं । सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम र अधिनायकवादीलाई नेपाली जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेका हौं । आज जसले हारेर सत्ता गुमाए, जसले स्वर्गको आनन्दलाई भंग भएको महशुस गरेका छन् ति तत्वहरुले विदेशी तत्वहरुको उत्साहटमा देशमा हराइएका र जनताको बलद्धारा धुलो परेका सामन्ती तत्वका बचेकुचेका तत्वहरुद्धारा गणतन्त्रको विरुद्धमा फेरि एउटा षड्यन्त्र चलिरहेको छ । हामीहरुलाई प्रभूहरुको खाँचो छैन । हामीलाई महासामन्तहरुको खाँचो छैन । ’

उहाँले गणतन्त्रको पक्षमा लडेका नागरिकहरु अधिकार सम्पन्न भइनसकेका कारण आफूहरु अगाडि बढ्न खोजिरहेको बताउनु भयो । —