१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल

वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउनु भयो । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उहाँले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताउनु भयो । उहाँले शाह वंशले देशलाई बर्बाद बनाएको बताउनु भयो । उहाँले राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गर्नुभयो । उहाँले देश इतिहासको पछाडी फर्किन नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब यो मुलुक शाही वंशतर्फ फर्किन सक्दैन, राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंश र परिवारको साशनमा फर्किन सक्दैन । अहिले संसारमा जनताहरु सार्वभौतसत्ता सम्पन्न भएका छन् कसैको पनि दासता स्वीकार गर्न तयार छैनन् । नेपाली जनता पनि कसैको दास बन्न चाहदैनन् । हामी हेरौँ २४० वर्षको शाह वंशको इतिहास, हामी हेरौँ १०४ वर्षको राणाकालीन साशनको इतिहास । देशलाई कति लुटे उनीहरुले ? देशलाई कति चुसे उनीहरुले देशलाई कसरी बरबाद पारे उनीहरुले । उनीहरुको एक एक घटनाक्रमलाई हामीले सम्झियौँ भने छर्लङ हुन सक्छौ कि राजतन्त्रले देशको भलो गरेको छैन । त्यसकारण राजतन्त्रतफै फर्किने कल्पनै नगरे हुन्छ । अब यो मुलुक इतिहासको पछाडी फर्किन सक्दैन । हामी जान दिँदैनौँ । हामी चुनौती दिन चाहन्छौँ यो देशमा फेरि ति वंशको साशन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरुले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरु चिन्तित भएको बताउनु भयो । उहाँले पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरुको नालायकीपनका कारण जनताले दुःख पाएको बताउनु भयो । उहाँले नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताउनु भयो । उहाँले नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरुसँग भएको दाबी गर्नुभयो । उहाँले सत्ता सञ्चालन गर्नेहरु यथास्थितिमा रुमल्लिएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अवश्य हामी जनताको समस्याबाट चिन्तित छौँ । हामीले तीन वटा व्यवस्था देखेको छौँ । एउटा सामन्ती व्यवस्था । यो व्यवस्था पनि राणा र शाहले गरेका हुन् । अर्को दलाल पूँजीवादी व्यवस्था । त्यही दलाल पूँजीवादी व्यवस्थाका कारणले अहिले जनताले दुःख भोग्नु परिरहेको छ । साशकको नालायकीपनले पनि जनताले दुःख भोग्नु परिरहेको छ । त्यसो भएर हामीले भनी रहेका छौँ कि तेस्रो व्यवस्था चाहेका छौँ । त्यो तेस्रो व्यवस्था भनेको समाजवादी व्यवस्था हो । त्यो समाजवादी व्यवस्थाले न्यायको समाज स्थापित गर्न चाहन्छ । समानताको समाज स्थापित गर्न चाहन्छ । जनतालाई सुखी जीवन प्रदान गर्न चाहन्छ । त्यसो भएको हुनाले यो मोर्चाको नाम पनि समाजवादी मोर्चा राखेका छौँ । त्यसैले भनी रहेका छौँ, नेपाली विशेषताको समाजवाद आज चाहिरहेका छौँ । त्यो भएको हुनाले हाम्रो समाजवादमा नेपालमा कस्तो किसिमले हाम्रो सामाजिक प्रणाली हुने छ ? साशन प्रणाली हुनेछ ? आर्थिक प्रणाली हुनेछ?अनि कसरी सबै वर्गा तहका जनताहरुको हित र कल्याण हुन सक्दछ ?सबै जाती जनजातीहरुको भलो हुन सक्दछ ? यस्को समग्र खाका हामीसँग छ । दुर्भाग्य के छ भने सत्तामा बस्नेहरुले अग्रगामी विचार राखेनन् । यथास्थितिमा रुमल्लिए । उनीहरु परिवर्तनका पक्षधर देखिएनन् । आज हामीले त्यसैको भोगिरहेका छौँ परिणाम ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले जनताको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार जनताबाट टाढिएकाले जनताको पीडा बुझ्न नसकेको जिकिर गर्नुभयो ।