१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्योः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिकजस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले घरमा आगो र प्रहरमिाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एकरदुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाउनु भयो । उहाँले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी, निरङ्कुशतावादीहरुको एउटा प्रतिक जस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरुले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरुले । एकदुई जना मरुन् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरुको चरित्र हो । हामी लाखको वरिपरि जम्मा छौं । त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरुको चरित्र र राजावादी मण्डलेहरुको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्नेगरी र बुझ्नेगरी काठमाडौंमा प्रदर्शित भयो ।’

इतिहासलाई पछाडि फर्काउने दुःशााहस नगर्न उहाँको चुनौती छ ।