काठमाडाैंः शक्ति र सत्ता संर्घषका कारण पार्टीभित्र शीर्ष नेताहरुबीचको आन्तरिक कलह बढ्दै गएका बेला पार्टी एकता जोगाउन भन्दै नेकपाका सांसदहरु सक्रिय भएका छन् ।
उनीहरुले हस्ताक्षर अभियान नै संचालन गरेर शीर्ष नेतामाथि दबाब दिने याेजना अघि बढाएका छन् ।
सांसदहरु कृष्ण दाहाल, विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई लगायतको सक्रियतामा भएको हस्ताक्षर अभियानमा हालसम्म ७० सांसदले हस्ताक्षर गरिसकेकाे सांसद कृष्ण दाहालले जानकारी दिए ।
संकलित हस्ताक्षर समय मिलाएर अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाउने उनीहरुकाे याेजना छ । यसअघि पनि स्थायी समितिको बैठक माग गर्दै हस्ताक्षर संकलन गरी बुझाइएको थियो भने केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै अर्काे हस्ताक्षर सहित ध्यानाकर्षण धर्ना पार्टी कार्यालयमा दिइएको थियो ।
तर ती कुरालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिएका थिएनन् ।











