
काठमाडौं । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ ।
प्रहरीले समर्थकहरुलाई तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोक लगाएको छ । कोटेश्वरबाट आएको र्याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको हो ।
सोहि क्रममा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल समेत भएको छ ।
तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शन गरिरहेको छ । उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।