
काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शार्दुल ठाकुरको घातक बलिङ तथा निकोलस पूरन र मिचेल मार्सको विस्फोटक इनिङ्सको मद्दतले लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले सनराइजर्स हैदरावाद (एसआरएच) लाई पाँच विकेटले पराजित गरेको छ । हालको प्रतियोगितामा लखनउको यो पहिलो जित हो ।
यसअघि दिल्लीसँग लखनउले एक विकेटको पराजित ब्यहोरेको थियो ।
राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । जवाफमा लखनउले १६.१ ओभरमा पाँच विकेट गुमाएर खेल जित्यो ।
१९१ रनको लक्ष्य पछ्याएको लखनउले झट्काका साथ सुरु गर्यो । उसलाई पहिलो झट्का मोहम्मद शामीले एडन मार्करामको रुपमा दिएका थिए । उनी मात्र एक रन बनाएर आउट भए । यसपछि मिचेल मार्स र निकोलस पूरनले जिम्मेवारी सम्हालेका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ४३ बलमा ११६ रनको साझेदारी भएको थियो ।
यस क्रममा पूरनले १८ बलमा आफ्नो करियरको १० औं अर्धशतक बनाए । उनले २६ बलमा ७० रनको बलियो इनिङ खेले । चालू सिजनमा उनको ब्याटले बनाएको यो दोस्रो अर्धशतक हो । उनी बाहेक मिचेल मार्सले ५२ रनको बलियो इनिङ खेले । यस क्रममा उनको ब्याटबाट सात चौका र दुई छक्का प्रहार भयो ।
यस्तै, कप्तान ऋषभ पन्तले १५ रन र आयुष बडोनीले ६ रन बनाए भने डेभिड मिलर र अब्दुल समदले क्रमशः १३ र २२ रन बनाएर अविजित रहे । हैदरावादका प्याट कमिन्सले २ विकेट लिए भने मोहम्मद सामी, एडम जाम्पा र हर्षल पटेलले एक–एक विकेट लिए ।
खेल सुरु हुनुअघि घरेलु मैदानमा खेल्दै आएको हैदरावादले ३ सयभन्दा बढी रन बनाउने अनुमान गरिएको थियो तर लखनउका घातक बलरले २०० रनको अंक पनि छुन दिन सकेनन् ।
ओपनिङमा आएका अभिषेक शर्मा ६ रन मात्र बनाएर आउट भए । यसपछि पछिल्लो खेलमा शतक प्रहार गरेका इशान किशनले आज खाता पनि खोल्न सकेनन् । शार्दुल ठाकुरले इनिङ्सको तेस्रो ओभरमा लगातार दुई बलमा दुवै ब्याट्सम्यानलाई आउट गरे ।
यसपछि ट्राभिस हेडले नितिश कुमार रेड्डीको साथ पाए र दुवैबीच तेस्रो विकेटका लागि ३२ बलमा ६१ रनको साझेदारी भयो । हेड २८ बलमा ४७ रन बनाएर प्याभिलियन फर्किए । उनलाई राजकुमार यादवले बोल्ड गरेका थिए । ओपनिङ ब्याट्सम्यानले दुई पटक पाएको जीवनदानको फाइदा उठाउन सकेनन् ।
यस्तै, नितिश कुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६, अनिकेत वर्माले ३६, प्याट कमिन्सले १८, अभिनव मनोहरले दुई र मोहम्मद शामीले एक रन जोडे । हर्षल पटेल र सिमरजीत सिंहले १२ र तीन रन बनाएर अविजित रहे । लखनउका शार्दुल ठाकुरले ४ विकेट लिए । उनका अलावा आवेश खान, दिग्वेश सिंह, रवि बिश्नोई र प्रिन्स यादवले एक एक विकेट लिए ।
२३ बल बाँकी रहँदा खेल जित्दै लखनउ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । योसँगै यो खेलअघि शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद छैटौं स्थानमा झरेको छ ।
आजको खेलः चेन्नई सुपर किंग्स भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर– बेलुका ७ः४५ बजे