२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

आईपीएलमा लखनउले जितको खाता खोल्यो

आईपीएलमा लखनउले जितको खाता खोल्यो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शार्दुल ठाकुरको घातक बलिङ तथा निकोलस पूरन र मिचेल मार्सको विस्फोटक इनिङ्सको मद्दतले लखनउ सुपर जाइन्ट्स (एलएसजी)ले सनराइजर्स हैदरावाद (एसआरएच) लाई पाँच विकेटले पराजित गरेको छ । हालको प्रतियोगितामा लखनउको यो पहिलो जित हो ।

यसअघि दिल्लीसँग लखनउले एक विकेटको पराजित ब्यहोरेको थियो ।

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । जवाफमा लखनउले १६.१ ओभरमा पाँच विकेट गुमाएर खेल जित्यो ।

१९१ रनको लक्ष्य पछ्याएको लखनउले झट्काका साथ सुरु गर्यो । उसलाई पहिलो झट्का मोहम्मद शामीले एडन मार्करामको रुपमा दिएका थिए । उनी मात्र एक रन बनाएर आउट भए । यसपछि मिचेल मार्स र निकोलस पूरनले जिम्मेवारी सम्हालेका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ४३ बलमा ११६ रनको साझेदारी भएको थियो ।

यस क्रममा पूरनले १८ बलमा आफ्नो करियरको १० औं अर्धशतक बनाए । उनले २६ बलमा ७० रनको बलियो इनिङ खेले । चालू सिजनमा उनको ब्याटले बनाएको यो दोस्रो अर्धशतक हो । उनी बाहेक मिचेल मार्सले ५२ रनको बलियो इनिङ खेले । यस क्रममा उनको ब्याटबाट सात चौका र दुई छक्का प्रहार भयो ।

यस्तै, कप्तान ऋषभ पन्तले १५ रन र आयुष बडोनीले ६ रन बनाए भने डेभिड मिलर र अब्दुल समदले क्रमशः १३ र २२ रन बनाएर अविजित रहे । हैदरावादका प्याट कमिन्सले २ विकेट लिए भने मोहम्मद सामी, एडम जाम्पा र हर्षल पटेलले एक–एक विकेट लिए ।

खेल सुरु हुनुअघि घरेलु मैदानमा खेल्दै आएको हैदरावादले ३ सयभन्दा बढी रन बनाउने अनुमान गरिएको थियो तर लखनउका घातक बलरले २०० रनको अंक पनि छुन दिन सकेनन् ।

ओपनिङमा आएका अभिषेक शर्मा ६ रन मात्र बनाएर आउट भए । यसपछि पछिल्लो खेलमा शतक प्रहार गरेका इशान किशनले आज खाता पनि खोल्न सकेनन् । शार्दुल ठाकुरले इनिङ्सको तेस्रो ओभरमा लगातार दुई बलमा दुवै ब्याट्सम्यानलाई आउट गरे ।

यसपछि ट्राभिस हेडले नितिश कुमार रेड्डीको साथ पाए र दुवैबीच तेस्रो विकेटका लागि ३२ बलमा ६१ रनको साझेदारी भयो । हेड २८ बलमा ४७ रन बनाएर प्याभिलियन फर्किए । उनलाई राजकुमार यादवले बोल्ड गरेका थिए । ओपनिङ ब्याट्सम्यानले दुई पटक पाएको जीवनदानको फाइदा उठाउन सकेनन् ।

यस्तै, नितिश कुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६, अनिकेत वर्माले ३६, प्याट कमिन्सले १८, अभिनव मनोहरले दुई र मोहम्मद शामीले एक रन जोडे । हर्षल पटेल र सिमरजीत सिंहले १२ र तीन रन बनाएर अविजित रहे । लखनउका शार्दुल ठाकुरले ४ विकेट लिए । उनका अलावा आवेश खान, दिग्वेश सिंह, रवि बिश्नोई र प्रिन्स यादवले एक एक विकेट लिए ।

२३ बल बाँकी रहँदा खेल जित्दै लखनउ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । योसँगै यो खेलअघि शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद छैटौं स्थानमा झरेको छ ।

आजको खेलः चेन्नई सुपर किंग्स भर्सेस रोयल च्यालेन्जर्स बैंगलोर– बेलुका ७ः४५ बजे