२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई
अ अ+ अ-

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुनै नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता राईले २०६२÷६३ सालको जनआन्दोलनले फालेको राजसंस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नहुने स्पष्ट पार्नुभयो । देशलाई विकास र समृद्धिको बाटोमा लैजान दुई ठूला दलबीच सहकार्य भएको उल्लेख  गर्दै उहाँले सहकार्य आगामी निर्वाचनसम्म नै जारी रहने बताउनुभयो ।

आसन्न निर्वाचनमा एमाले एक्लै निर्वाचनमा सहभागी भएर पहिलो पार्टी बन्ने नेता राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रविरुद्ध हुँदै आएका सबै किसिमका भ्रम चिर्न एमालेले देशव्यापी सचेतना अभियान सञ्चालन गर्दैआएको छ ।

पार्टीले यही चैत ३० गते दमकमा प्रदेशस्तरको जनप्रदर्शन गर्ने निर्णय गरेको नेता राईले जानकारी दिनुभयो । सोही जनप्रदर्शनबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । लोकतन्त्रको रक्षा र प्रतिगामी तत्वका विरुद्ध खबरदारी गर्न सातै प्रदेशमा जनसभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । रासस