३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी



अ+ अ-

काठमाडौँ। राजधानीमा जारी सहिद स्मारक ‘बी डिभिजन लिग फुटबल’ प्रतियोगितामा वीरगञ्ज युनाइटेड क्लब र भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयसम्म अग्रतामा रहेको भगवती अन्तिम समयमा गोल खान पुगेको हो । खेलको ३१औँ मिनेटमा भगवतीका विक्रान्त नरसिंह रानाले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका कृपाकान्त महतो थारूले गोल गर्नुका साथै खेललाई बराबरी गरे ।

खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । उसको ३ खेलबाट ७ अङ्क छ । वीरगञ्जको ३ खेलबाट ५ अङ्क रहेको छ ।

यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले हरायो । प्लानिङ ब्वाइजका लागि खेलको ३०औँ मिनेटमा विशाल दर्जीले गोल गरे । त्यसपछि खेलको  ७७औँ मिनेटमा फागुराम थारूले गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । जितसँगै प्लानिङ ब्वाइज नौ अङ्क जोडेको छ ।

मध्यपुरले भने ३ खेलमा ४ अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ब्वाइज युनियनबीच तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । रासस