१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
Latest
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना आज कोशी र गण्डकीमा वर्षाको सम्भावना रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित ईदले समाजको सद्भाव अझै प्रगाढ बनाउने छ : पूर्वराष्ट्रपति भण्डारी धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  :  उपराष्ट्रपति आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, देशभर सार्वजनिक विदा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः बाग्मती चार विकेटले पराजित



अ+ अ-

रूपन्देही। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

बाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल ग¥यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए । उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।

बाग्मती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने  रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक÷एक विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो । बाग्मतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०÷३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।

मधेसका लागि हरिशङ्कर साह, पवन सर्राफ र अनिल साहले समान दुई÷दुई विकेट लिए ।  प्रतियोगितामा चार जित र पाँच हारसहित आठ अङ्कले साताँै स्थानमा छ भने चार जित र पाँच हारसहित बाग्मती अङ्कतालिकाको चौथो स्थानमा छ । उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । रासस