१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
Latest
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना आज कोशी र गण्डकीमा वर्षाको सम्भावना रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किए प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिने प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित ईदले समाजको सद्भाव अझै प्रगाढ बनाउने छ : पूर्वराष्ट्रपति भण्डारी धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  :  उपराष्ट्रपति आज इस्लाम धर्मावलम्बीले ईद मनाउँदै, देशभर सार्वजनिक विदा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद किराँतीको आरोपः प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री ओलीले विगतमा पनि गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, सम्भव छैन भन्नुभएको उल्लेख गर्दै विगतको पृष्ठभूमि र अहिलेको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुने दाबी गर्नुभयो । उहाँले राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको, नेपाली काँग्रेस संविधान संशोधनमा हिन्दु गणतन्त्र भनेर लेख्नुपर्ने कुरा अगाडि बढाइरहेको भन्दै यसले अराजकता निम्त्याइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति बल गरिरहनुभएको छ । हिजो पनि उहाँले गणतन्त्रको आन्दोलन चलिराख्दा गणतन्त्र नेपालमा सम्भव छैन भन्नुभएको हो । पछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमा लिपिवद्ध गर्दा पनि हावाहुरीको कारणले हो, यो सम्भव थिएन भन्नुभएको थियो । हिजोको पृष्ठभूमि र आजको गतिविधि जोड्दा त्यही कुरा प्रमाणित हुन्छ । राजतन्त्रवादीहरु नविन सम्झौता गरौँ भनिरहेको छ, नेपाली काँग्रेस संविधान संशोधनको नाममा गरिएको नौटंकी अर्थात प्रतिवेदनमा हिन्दु गणतन्त्र भनेर लेखिएको छ । प्रधानमन्त्रीको यस्तो निम्छरो अभिव्यक्तिले यही अराजकतालाई मलबीउ लगाइरहेको छ ।’

सांसद किराँतीले प्रतिगमन, भ्रष्टाचार र बेथितिको बिरुद्धमा शान्तिपूर्ण ढंगले सडकमा प्रदर्शन गर्ने बताउनु भयो ।