
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सातौं खेलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
हैदराबादले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सविरुद्ध शानदार जित हात पारेको थियो । अर्कोतर्फ, लखनउ भने दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।
हेड टु हेड
हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दुई टोलीबीच २ खेल खेलिएको थियो । दुवैले १–१ ले जितेका छन् । दुवै टोली गत सिजन यहाँ अन्तिम पटक आमनेसामने भएका थिए । यस खेलमा हैदरावादले लखनउलाई १० विकेटले पराजित गरेको थियो ।
हैदरावाद र लखनउबीच हालसम्म ४ वटा आईपीएल खेल भइसकेका छन् । जसमा एलएसजीले ३ पटक जितेको छ भने एसआरएचले मात्र एक पटक जितेको छ ।
सनराइजर्स हैदराबाद
हैदरावादको शीर्ष ५ मा ओपनर ट्राभिस हेड र अभिषेक शर्मासँगै फास्ट ब्याट्सम्यान छन् । हेनरिक क्लासेन र इशान किशनका रुपमा मिडल अर्डरका ब्याट्सम्यान पनि छन् । इशान टोलीका सर्वाधिक स्कोरर हुन् । उनले पछिल्लो खेलमा राजस्थानविरुद्ध १०६ रनको अविजित इनिङ खेलेका थिए । यस्तै, सिमरजीत सिंहले २ विकेट लिएका छन् ।
लखनउ सुपर जायन्ट्स
लखनउका निकोलस पुरन, डेभिड मिलर, शाहबाज अहमद र अब्दुल समदले फिनिसिङलाई बलियो बनाइरहेका छन् । पुरनले पछिल्लो खेलमा ७५ रनको इनिङ खेलेका थिए । उनी टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । बलिङमा शार्दुल ठाकुर शीर्ष स्थानमा छन् । उनले दुई विकेट लिएका छन् ।
कस्तो छ पिच ?
हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियमको पिच ब्याटिङ मैत्री छ, यसले बलरहरूलाई पनि केही सहयोग गर्छ । उच्च स्कोरिङ खेलहरू यहाँ हुन्छन् । यस सिजनको अन्तिम खेल हैदरावाद र राजस्थानबीच भएको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेट गुमाएर २८६ रन बनाएको थियो । जवाफमा राजस्थानले पनि २४२ रन बनाएको थियो ।
यस रंगशालामा हालसम्म ७८ आईपीएल खेल भइसकेका छन् । जसमध्ये ३५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ४३ खेल पछ्याउने टोलीले जितेको छ । रेकर्ड हेर्दा टस जित्ने टोलीले पहिले बलिङ रोज्न सक्छ ।
हैदरावादमा आज पानी पर्ने सम्भावना छैन । दिनभर घाम लाग्ने छ । तापक्रम २४ देखि ३७ डिग्री सेल्सियसको बीचमा हुनेछ ।
सम्भावित सुरुवाती–१२
सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव मनोहर, सिमरजीत सिंह, हर्षल पटेल, मोहम्मद शामी र एडम जाम्पा ।
लखनऊ सुपर जायन्ट्सः ऋषभ पन्त (कप्तान), एडेन मार्कराम, मिचेल मार्श, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, शाहबाज अहमद, आवेश खान, दिग्वेश राठी, शार्दुल ठाकुर, रवि बिश्नोई, एम सिद्धार्थ ।