
एजेन्सी । अफगानिस्तानमा विगत तीन वर्षमा विनाशको जोखिममा रहेका चालिस ऐतिहासिक स्मारकहरू र सुविधाहरू पुनस्र्थापित गरिएको छ ।
अफगानिस्तानको अन्तरिम सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले बताएअनुसार यी ऐतिहासिक स्मारकहरू सात प्रान्तहरूमा पुनस्र्थापित गरिएको हो । उहाँले प्राचीन कलाकृतिहरू र ऐतिहासिक स्थलहरूको सुरक्षाका लागि विशेष प्रहरी सुरक्षा एकाइ गठन गरिएको पनि बताउनु भयो ।
मन्त्रालयको प्रतिवेदनअनुसार २०२४ मा लगभग ८ हजार २ सय विदेशीहरूले देशका ऐतिहासिक स्मारकहरूको भ्रमण गरेका थिए ।