१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

किन बढिरहेको छ विद्युतीय चुलोको खपत ?

आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात

किन बढिरहेको छ विद्युतीय चुलोको खपत ?
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ ।भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१/८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात गरिएको छ । यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको छ ।

गत वर्षको यही अवधीमा २२ करोड ६६ लाख खर्चेर १० लाख ३ हजार ७३० ओटा विद्युतीय चुलो भित्र्याइएको थियो । अहिले नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत,कतार, सिंगापुर, बंगलादेश, मलेसियाबाट पनि त्यस्ता चुलोहरु ल्याउने गरिएको छ । सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘सरकारको नीति नै विद्युत् खपत बढोस् भन्ने छ, हाम्रा नीतिहरु सोही अनुकुलका छन् । बजारमा माग अनुसार व्यापरीहरुले विद्युतीय चुलोहरुको आयात गरिरहेका छन् ।’

नेपालमा विद्युत आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको संवद्ध विज्ञ तथा विक्रेताहरु बताउँछन् । सन् २०१५ को इन्धन संकटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ छ । उर्जाविज्ञ विजयमान शेरचन सिलिण्डरबाट निस्कने ग्यासले प्रदुषण उल्लेख्य बढाएकाले यसको प्रयोग निरुत्साहित गर्दै जानुपर्ने बताउनु हुन्छ ।

उहाँले भन्नुभयो–‘काठमाडौं त्यसैले त प्रदुषित बनिरहेको हुन्छ, ग्यास, पेट्रोलको प्रयोगले थप प्रदुषण बनाउन मद्दत पुगिरहेको छ । प्रदुषण हुन नदिन पनि विद्युतको अधिकतम प्रयोग जरुरी छ । ग्याससहित पेट्रोलिय पदार्थको आयातमा वर्षेनी खर्बौं गइरहेको छ । त्यसैले पनि स्वदेशमा उत्पादित बिजुलीको प्रयोग गर्नकै लागि भएपनि विद्युतीय चुलोहरुको प्रयोग गर्न जरुरी छ । सबै नेपालीले विद्युतीय चुलो प्रयोग गरियो भने खबौँ रकम बाहिर जानबाट जोगिन्छ ।’

उहाँकाअनुसार एलपी ग्यासभन्दा विद्युत सस्तो र देश हितमा हुने भएकाले सरकारले विद्युत प्रयोगमा उपभोक्तालाई अझ जागरुक बनाउनुपर्छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले विद्युतीय चुलोको माग बजारमा राम्रो रहेको बताउनुहुन्छ । उहाँकाअनुसार त्यस्तो चुलो प्रोत्साहनमा स्थानीय तहहरु पनि लागिरहेकाले माग बढ्न गएको हो । देवकोटाले भन्नुभयो– ‘इण्डक्सनको प्रचारप्रसार नगरपालिकाहरुले पनि गरिरहेका छन् । उनीहरुको पोलिसी पनि छ । आफ्नो देशको बिजुलीलाई आफ्नै देशमा खपत गर्नका लागि विद्युतीय चुलोहरु प्रयोग गरौं भनेर उनीहरुले नीति लिएका छन् । माग बढ्नु स्वभाविक पनि भयो ।’

उहाँकाअनुसार लोडसेडिङको अन्त्य पछि खाना पकाउन बिजुलीको अभाव छैन । सोही कारणले पनि प्रयोगकर्ता बढिरहेका छन् । इन्फ्रारेड जुनसुकै भाँडाहरु लाग्ने चुल्होहरु समेत रहेका कारण उपभोक्ताले सहज रुपमा विद्युतीय चुलोहरु प्रयोग गरिरहेका छन । अझै पनि सचेतनाको अभाव रहेकाले सरकारले विद्युतीय चुलोको प्रयोगबारे जनचेतना बढाउनुपर्ने देवकोटाको भनाई छ ।

विद्युतीय चुलोको प्रयोगबाट आम प्रयोगकर्ता पनि सन्तुष्टी नै देखिएका छन् । प्रतिनिधिमुलक पत्रका रुपमा वनेश्वरकी सपना थापाले पनि नाकाबन्दीको समयदेखि नै विद्युतीय चुलोको प्रयोग गर्दै आउनुभएको छ र उहाँले यसको प्रयोगबाट सन्तुष्ट रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘नाकाबन्दीको बेला ग्यास पाइएन विद्युतीय चुलोको प्रयोग ल्याए । विद्युतीय चुलोको प्रयोगले ग्यासमा जाने पैसादेखि समयसम्म बचत भएको छ । मेरो दैनिकी पनि बदलिदिएको छ, खाना पकाउँदा कुरेर बस्नुपरेन । टाइम सेट गरेर खाना बसालेपछि तनाव नै नहुने । अर्को कुरा भाँडाहरु पनि धेरै फोहर नहुने भएकाले सफल गर्न सजिलो हुने ।’

ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने देखाएको थियो । विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निस्कर्ष थियो ।
सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो । पछिल्लो समय केन्द्रदेखि प्रदेश सरकारसम्मै विद्युतीय चुलो प्रोत्साहनको नीति लिइएका कारण यसको प्रयोगकर्ता उल्लेख्य बढेका छन् । अनुदानमा आधारित विद्युतीय चुलो वितरण सम्बन्धी मापदण्ड बनाएर गण्डकी सरकारले त चुलो वितरण गरिरहेको छ । सरकारले मुलुकभित्र उत्पादित विद्युत खपत बढाउने नीति लिएको छ ।

विद्युत् विकास मार्गचित्र, २०८१ः ०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । मार्गचित्रमार्फत अबको ११ वर्षमा विद्युतको थप २६ हजार मेगावाट हाराहारीमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

हाल विद्युत जडित क्षमता ३४०३ मेगावाट रहेको छ भने उत्पादित विद्युतमा साढे १३ हजार मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत खपत हुने गरेको छ ।

अहिले नेपालको राष्ट्रिय प्रशारण प्रणालीमा विद्युतजडित क्षमता ३४ सय मेगावाट पुगेको छ । हाल विद्युतको पहुँच ९९ प्रतिशत जनतामा पुगेको छ भने अहिले नेपालमा विद्युतको खपत प्रतिव्यक्ति ४१० युनिट छ ।