१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ महिनामा १० अर्ब बढी राजस्व सङ्कलन



अ+ अ-

झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजार बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा रु ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार बराबरको वस्तु आयात भएको छ । रासस