१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज र कुशे औंशीले संक्रमण बढाउन सक्छ – डा. रवीन्द्र पाण्डे



अ+ अ-

काठमाडौं । अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं । हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् । को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन । तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने । नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु । त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ भोजन सेवन गरेमा अम्लपित्त बढेर तथा झाडावान्ता भएर अस्पताल जानुपर्यो भने अर्को जोखिम हुनेछ । हल्का र सधैझैँ सामान्य खाना खाने गरौँ । दरले डर हुन्छ । घरभित्र बसेर गीत गाउँदा कुनै व्यक्ति संक्रमित छ भने उसले सबैजनालाई संक्रमण सार्न सक्छ । यसपटक टेलिभिजन तथा रेडियोमा तीज सुनौं र हेरौं  ।

त्यस्तै कुशे औंशीमा बजारमा पाइने खाने कुरा तथा उपहार बोकेर बुवालाई भेट्न सकभर नजानुहोला । हामी संक्रमित हुनसक्छौं ्र हामीलाई संक्रमणले असर नगरेपनि बुवाआमा जेष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये धेरै जना औषधिसेवी हुनुहुन्छ । संक्रमण सर्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ ।

यसपटक १ जना पाहुनालाई समेत घरमा बोलाउने काम नगरौं, आफुपनि पाहुना भएर कतै नजाऔं । महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् । दिदीबहिनी वा चेलीबेटीलाई नबोलाए उनीहरुले के भन्छन् होला, बुवाआमालाई नभेट्दा उहाँहरुले के सोंच्नुहोला भनेर हामीले नसोचौं । महामारीको समयमा पाहुना नबोलाएमा वा आफुपनि नगएमा उहाँहरु खुसी हुनुहुनेछ ।

यसपटक फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्बाद आदानप्रदान गरौँ  ।