काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा देउवाले जरुरी महत्वका ३ बिषयमा ध्यानाकर्षण गरेका हुन् ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सिन्धुपाल्चोक लिदी पहिरो, कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम र विभिन्न संवैधानिक निकायको नियुक्तीका बिषयमा ध्यानाकर्षण गरेका हुन् । देउवा प्रधानमन्त्री ओलीको निमन्त्रणामा बालुवाटार गएको र छलफलको सुरुमै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहेको थियो ।
छलफलमा सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका तीन वटा बिषय :











