१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर नगर क्षेत्रभित्र भदौ १५ सम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय



अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । 

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दैनिक सयौंँ संक्रमित थपिरहेको तथा भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाल नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात भदौ दोस्रो सातासम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।