१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै
अ अ+ अ-

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ।

भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ । ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशमखेती गर्ने किसान पलायन भएका छन् । यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाईभैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन् ।

कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ । फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा उत्पादन गर्न लागेको हो । यादवका अनुसार असारमा बिरुवा बिक्री गरिन्छ । बागमती प्रदेशभित्रका स्थानीय तह र सहकारीले धेरै बिरुवा खरिद गरेर अनुदानमा बाढ्ने गर्दछन् । ती बिरुवा पशु चौपाय आहारका लागि किसानलाई बाढ्ने गरिन्छ ।

सुरुआती समयमा रेशमखेतीका लागि किम्बुको प्रयोग गर्ने गरिएको भए पनि अहिले रेशमखेती हुन छाडेपछि पशुपालन गर्ने किसानले घाँसको रुपमा प्रयोग गर्न थालेका हुन । उत्पादित बिरुवा चितवनसहित रामेछाप, दोलखा, सिन्धुली, गोरखा, धादिङलगायतका जिल्लामा जाने गरेको छ ।

प्रतिबिरुवा रु पाँचको दरले बिक्री गर्ने गरिएको छ । उहाँले भन्नुभयो, “रेशमखेती गर्न कृषकले छोडेपछि अहिले पशुपालन गर्ने किसानले किम्बुका बिरुवा घाँसका लागि लैजाने गरेका छन् ।” कार्यालयले अहिले कानमा जातको किम्बु लगाउने गरेको छ । यसमा २१ प्रतिशत प्रोटिन र ११.५ प्रतिशत कार्बोहाइडेड हुने गर्दछ । जसका कारण रेशम कीराले सहजै पचाउन सक्ने हुँदा रेशमको रोजाइमा पर्ने गर्दछ । यो पशु चौपायका लागि पनि उपयुक्त घाँस हुने उहाँ बताउनुहुन्छ ।

रेशमखेती झन्झटिलो हुने र त्यसको उचित मूल्य नपाउँदा यहाँका किसानले खेती गर्न छाडेका हुन् । सरकारले कोकुनको मूल्य प्रतिकिलो रु ३७५ तोकेको थियो । यो मूल्यमा लागत नउठ्ने र किन्ने ग्राहक समेत नपाउने भएपछि किसानले खेती गर्न छाडेका हुन् । पहिले पहिले सरकारले रेशमपालनका लागि विभिन्न शीर्षकमा अनुदान दिने भए पनि पछिल्लो समय अनुदान समेत हटाएपछि किसान पलायन हुन थालेका हुन् ।

कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार सुरुमा माडीलाई रेशमखेतीको पकेट क्षेत्रको रुपमा विकास गरिएको भए पनि अहिले त्यहाँका किसानले यो व्यवसाय छाडेका छन् । यसअघि मकवानपुरलगायतका जिल्लामा पनि रेशमपालन हुने गरेको थियो । रासस