१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समर युनिभर्सियाडको काउन्ट डाउन सुरु



अ+ अ-

काठमाडौं । समर युनिभर्सियाड गेम्सको ३१ औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । त्यस अवसरमा नेपालमा पनि विश्वविद्यालय खेलकुद संघ नेपालले कार्यक्रम आयोजना गर्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी समर गेम्स (फिसु) ले मात्र खेल सुरु हुन १ वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्रचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जानकारी दिए । फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा छ ।
गेम्स चीनको छेङदुमा अगष्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ । दुई वर्षको अन्तरालमा हुने गेम्सको गत संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो । गत संस्करण इटालीको नापोलीमा भएको थियो ।

कार्यक्रममा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, सदस्य मदन कार्की, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल र विश्वविद्यालय खेलकुद संघ नेपालअन्तर्गत टेबलटेनिसका संयोजक कुवेर सिंहको उपस्थिति थियो । कोरोनो भाइरस (कोभिड– १९) का कारण थोरैको उपस्थितिमा कार्यक्रम गरिएको महासचिव बोहराले बताए ।