५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

बलात्कार अभियोगमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान

बलात्कार अभियोगमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान
सांकेतिक तस्बिर
अ+ अ-

भरतपुर । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पुर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। पीडित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबर्जस्ती जङ्गलमा लगेर बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् ।

यस्तै जबर्जस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको प्रवक्ता थापाले जानकारी दिए ।

अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पूरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।