५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।

केहीबेरअघि सम्पन्न खेलमा सिटी नटिङहम फरेस्टसँग १–० गोलले पराजित भएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल कालुम हड्सन ओडोइले गरे । उनले खेलको अन्त्यतिर अर्थात् ८३ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै नटिङहम अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २८ खेलबाट ५१ अंक छ । सिटी समान खेलबाट ४७ अंकका साथ चौंथो स्थानमा छ ।