२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु

निस्ट कपमा टीआईए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन

निस्ट कपमा टीआईए, दीक्षालय, चेल्सी र नेक्सस च्याम्पियन
अ अ+ अ-

काठमाडौँ। टीआईए, दीक्षालय, चेल्सी वल्र्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेश्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन् । बास्केटबलको सिनियर ब्वाइजमा टीआईए, सिनियर गल्र्समा दीक्षालय र जुनियर गल्र्स चेल्सीले उपाधि जिते ।

नेक्सस जुनियर ब्वाइज फुटबलमा पहिलो भयो ।लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलद्वारा आयोजित बास्केटबलको सिनियर ब्वाइज फाइनलमा टीआईएले बौद्ध इन्टरनेसनल स्कुललाई ५०–२६ ले पराजित ग¥यो । टीआईएका रोशन नगरकोटीले २६ अंक जोडे । निस्ट तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले निस्टलाई २३–२० को साँघुरोअन्तरले हरायो । दीक्षालयकी लाक्पा डोमा शेर्पाले ११ स्कोर गरिन् । चेल्सी तेश्रो बन्यो । जुनियर गल्र्सको फाइनलमा चेल्सीले आर्या एकेडेमीमाथि २५–७ को सहज जित दर्ता ग¥यो । चेल्सीकी लाजेन शेर्पाले १२ अंक जोडिन् । निस्ट तेश्रो स्थानमा रह्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रोशन, लाक्पा र लाजेन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।जुनियर ब्वाइजको फुटबलमा च्याम्पियन बनेको नेक्ससले फाइनलमा गोल्डेन सुन्गाभालाई २–० गोलले हरायो । विजयी टिमका लागि दुवै गोल विराज डुगुले गरे । विराजनै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । निस्टका सक्षम न्यौपाने सर्वाधिक गोलकर्ता बने ।

डिफेन्समा गोल्डेन सुन्गाभाका निर्मल भुजेल, गोलरक्षकमा आर्याका प्रिन्स महर्जन र प्रशिक्षकमा नेक्ससका सविन रन्जित उत्कृष्ट ठहरिए ।प्रतियोगितासंगै विद्यार्थीमा स्वच्छ वातावरण बारे सचेतना जगाउने उद्देश्यले आयोजित क्लाइमेट च्याम्पियनको उपाधि नव सुन्ताखानले जित्यो । नव सुन्ताखानले सर्वाधिक ५ सय अंक बटुल्यो ।

१ सय ७० अंकसाथ चेल्सी दोश्रो तथा १ सय ६५ अंकमा राजश्री गुरुकुल तेश्रो भए । वातारण दूषित बनाउने प्लास्टिक प्रयोग नगर्ने, इन्धनबाट चल्ने सवारी साधनको सट्टा विद्युतिय सवारी साधन÷साइकलको प्रयोग गर्ने वा छोटो दूरीको यात्रामा पैदल यात्रा गर्ने, विरुवा रोप्ने, आफूले लगाएको पोशाकमा वातावरण जोगाउने सन्देशमूलक नारा लेख्नेलगायत विषयवस्तुलाई मध्यनजर गरी शीर्ष तीन स्थानमा रहने टोलीको चयन गरिएको हो ।

विजेतालाई निस्ट फाउन्डेनका अध्यक्ष डा. माधवप्रसाद बराल, कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङ, प्रमुख कार्यकारी अधिकृत चन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १३ गतेदेखि सुरु भएको निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा १३, सिनियर गल्र्समा ९ र जुनियर गल्र्समा १६ टिम सहभागी थिए । जुनियर ब्वाइज फुटबलमा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।