४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न



अ+ अ-

काठमाडौं। नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको छ ।

संघकै आयोजनामा चैत २ गते सोही स्थानमा हुने सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी रेफ्री सेमिनार सञ्चालन गरिएको हो ।
एकदिने सेमिनारमा १५ रेफ्री सहभागी थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायकत्रय आयोजक संघका अध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरले व्यहारिक र सैद्धान्तिक पक्ष बारे ज्ञान दिएका थिए ।

सेमिनारमा रिङ रेफ्री र साइड रेफ्रीको भूमिका, ‘डे«स कोड’, परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराइएको थियो । सो अवसरमा सहभागीलाई निष्पक्षता र अनुशासनमा विशेष ध्यान दिन सुझाइएको थियो ।

सहभागीलाई अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, महासचिव मगरसहित संघका उपाध्यक्ष रमेश महर्जन, सदस्यद्वय सुजन कक्षपति र शेरबहादुर गुरुङले शनिबारै एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।