काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आफ्नो २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौँमा सार्वजनिक गरिएको क्यालेन्डर अनुसार दुवै पुरुष र महिला टोलीको लागि उमेर, घरेलु तथा अन्तर्राष्ट्रिय समावेश गरिएका छन् ।
विश्वकप छनोटका लागि पुरुष टोलीको विभिन्न अन्तर्राष्ट्रिय भ्रमणलाई पनि क्यालेन्डरमा राखिएको छ । जसअनुसार नेपालले श्रीलङ्का र अष्ट्रेलियाको भ्रमण गर्नेछ ।
टी–२० विश्वकप छनोटका लागि जुलाईमा श्रीलङ्का र अगस्टमा अष्ट्रेलिया भ्रमण राखिएको हो ।
यस्तै, मेन्स सिनियरको लागि मे महिनामा ‘प्री–टुर टु यूके’ भनेर समावेश गरिएको छ । यस्तै, विश्वकपका लागि जुलाईमा श्रीलङ्कामा प्रशिक्षण क्याम्प हुनेछ ।











