१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप एक जना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जना कोरोनाका संक्रमितको मृत्यु भएको छ । शनिबार मध्यान्ह सवा १२ बजे धरान उपमहानगरपालिका(१५ निवासी ६७ वर्षीय पुरूषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार उनलाई उच्च रक्तचापको समेत समस्या रहेको र ज्वरो, खोकी र सास फेर्न गाह्रो भएपछि गत साउन २७ गते क्वारेन्टिनबाट अस्पताल भर्ना गरिएको थियो।  सोही दिन उनको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो।

उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।