१७ असार २०८३, बुधबार
,
Latest
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो



अ+ अ-

काठमाडौं । महाकुम्भ मेला ओलम्पिकमा सहभागि जनाउँदै पदक हाँसिल गर्ने लक्ष्य प्राय खेलाडीले बुनेका हुन्छन । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मिहेनत गरिरहेकै छन् । कोरोनाका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपाली खेलाडी अभ्यास गर्न नपाउँदा सहभागिता खल्लो हुनेमा चिन्तित छन् । 

ओलम्पिक सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो उपलब्धिको सूचकको रुपमा लिइन्छ । छनोट चरण पार गर्दै नेपाली खेलाडीले सहभागिता जनाए नेपाली खेलकै शानको रुपमा व्याख्या पनि गरिन्छ । त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र राष्ट्रको प्रतिनिधित्व गरेका छन् । उनीहरुको अब्बल मिहेनत र लगाबले उनीहरुको ओलम्पिक बाटो खुलेको थियो । तर अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागितालाई कोरोना तगारो बनेको छ, अभ्यासमा जुट्न नपाउँदा । नेपाली खेलाडीलाई ओलम्पिक सहभागिताको खुडकिलो छनोट चरण पार गर्न निकै कठिन छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम वाइल्ड कार्ड मौकालाई सदुपयोग गर्न कहरका बीचमा पनि अभ्यास दिनुपर्ने खेलविज्ञ सुशीलनरसिंह राणाले बताउनुभयो । 

वाइल्डकार्ड अवसर सदुपयोग गर्न पनि खेलाडीलाई राम्रो प्रदर्शन र नतिजा आवश्यक पर्छ । त्यसकालागि पनि अभ्यास र प्रदर्शन निकै जरुरी हुन्छ । वाइल्ड कार्डबाट भए पनि ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य लिएकी करातेकी अनु अधिकारीले तीब्र गतिमा फैलिएको कोरोनाले अभ्यास गर्न कठिनाई भएको अनुभव सुनाइन । 

नेपाली खेलाडीलाई प्रत्यक्ष रुपमा नियाल्ने नेपाल ओम्पिक कमिटीले सहभागि हुने खेलाडीका लागि अहिलेसम्म विकल्प कुनै बाटो दिएको छैन । नेपाल बाहेक दक्षिण एसियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदन्ड बनाएर अभ्यासलाई तीब्रता दिइरहेको छ । तर ओलम्पिकमा सहभागि हुने खेलाडीको खेल निखार्नका लागि नेपाल ओलम्पिक कमिटीले कुनै चासो देखाएको छैन् । सहज अवस्थाको पर्खाइमा छ ओलम्पिक कमिटी । कठिन अवस्थामा सम्बिन्धित संस्थाले अभिभावकत्व गर्न नसक्दा ओलम्पिक कमिटीमाथि औचित्यको प्रश्न उठ्नु पनि स्वभाविक हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम वाइल्डकार्डका लागि सिफारिस गरिएको छ ।