१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा, चालकमा कोरोना संक्रमण



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ । मुख्यमन्त्री भट्टका सबारी चालकमा  कोरोना संक्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमामा बस्नु भएको हो । 

मुख्यमन्त्री भट्ट को सरकारी निवासको  सबारी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि  भएको थियो । मुख्यमन्त्री भट्ट भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि परिबार सहित जानु भएको थियो । 

सबारी चालकमा सक्रमण देखिए पछि उहाँका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको  गरिएको छ ।