२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

बंकुलमा गंगाराम बैठालाई रिहाईको माग गर्दै जारी धर्ना बारेमा प्रभु साहद्धारा सरकारको ध्यानाकर्षण

बंकुलमा गंगाराम बैठालाई रिहाईको माग गर्दै जारी धर्ना बारेमा प्रभु साहद्धारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाईराखेका छन् । अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ’, साहले भने, ‘सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ । यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जरुरी छ । होईन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन् ? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु ।’

केही दिनअघि जसपा अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए । त्यही विषयमा आज साहले संसद्मा कुरा उठाएका हुन् ।

बैठकमा उनले रौतहटको गौरबको रुपमा रहेको गौर राईसमिल र बौद्धिमाई नगरपालिकाको बंकुलमा स्थानीय बृद्ध गंगााराम बैठाको रिहाईका लागि जारी धर्नाको बारेमा समेत आवाज उठाए ।

रौतहटमा स्थानीय प्रशासनको आतंक चलेको घट्ना पनि साहले उठाए । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायसंगको व्यक्तिगत रिसिईबीका कारण बौद्धिमाई नगरपालिकाका निर्दोष बृद्ध गंगाराम बैठालाई फसाउने काम भएको बारेमा समेत उनले सरकारसंग जवाफ माग गरेका छन् ।

‘अहिले रौतहट आन्दोलित छ । त्यहाँका स्थानीय प्रशासनले दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाईराखेको छ । त्यसकारण रौतहट अस्तव्यस्त छ । एकजन वृद्ध दलित गंगाराम बैठा जो निर्दोष मानिस हुन, बिनाकारण उनलाई फसाईएको छ । स्थानीय डिएसपीको रिसिईबीको कारण उनी थुनामा छन् । त्यसका परिवार धर्नामा छन्, दलित अगुवा आन्दोलनमा छन्’ साहले भने ।

यस्तै साहले रौतहटको गौरवको रुपमा रहेको गौर राइसमिल केही भुमाफियाको चलखेलमा बेच्ने खेल भैरहेको भन्दै त्यसप्रति सरकारको ध्यानाकार्षण गराए । उनले उक्त प्रपञ्चको विरुद्धमा अहिले सिंगो गौरवासी नै आन्दोलित रहेको पनि जानकारी गराए । उक्त जग्गा चलखेल गरेर बेच्न खोजिए पछि गौरबासी आन्दोलनमा रहेको बताउदै त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।