५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 3.09

Humidity: 78

तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले अन्जनालाई पार्टीमा भित्र्याय,दिए सहमहामन्त्रीको जिम्मेवारी



अ+ अ-

काठमाडौं। पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजिनामा दिएर राजाबादी अभियानमा कृयाशिल अन्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन् ।

आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे । थापाले सबै राजाबादी , हिन्दुबादी र संघीयता बिरोधि एक ठाउँमा आएर भ्रष्ट ब्यबस्था र शासकको बिकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए ।

दलहरुकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो । प्रबेशी अन्जना शाह रावलले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डाको सुत्रधार कमल थापा भएको र कमल थापालाई कमजोर बनाएर घेराबन्दी गराएर एजेन्डा स्थापित हुन नसक्ने हुँदा कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गर्न, एजेन्डा स्थापित गर्न राप्रपा नेपालमा आबद्ध भएको बताईन ।

रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिईएको पार्टी केन्द्रिय सचिवालयले जनाएको छ । कार्यक्रममा समाजसेवी तथा राजसंस्था पक्षधर बिष्णुगोपाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।