२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
India's Virat Kohli (L) celebrates with bowler Ravindra Jadeja (C) after taking a catch to dismiss Australia's Josh Inglis during the ICC Champions Trophy one-day international (ODI) semi-final cricket match between Australia and India at the Dubai International Stadium in Dubai on March 4, 2025. (Photo by Ryan Lim / AFP)
अ अ+ अ-

काठमाडौँ। भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 सेमिफाइनलमा अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि पूर्वकप्तान विराट कोहली उत्कृष्ट पारी खेले ।

कोहलीले शानदार ब्याटिङ गर्दै ८४ रन जोडे । उनले ९८ बलमा ५ चौका प्रहार गरे । कप्तान तथा ओपनर रोहित शर्माले २८ रन बनाएका थिए भने अर्का ओपनर शुभमन गिल ८ रनमा आउट भए ।

श्रेयस अय्यर ४५ रन र अक्षर पटेल २७ रनमा आउट भए। केएल राहुलले नटआउट ४२ रन बनाउँदा हार्दिक पाण्ड्या २४ बलमा २८ रन जोडेर आउट भए।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया ४९.३ ओभरमा २ सय ६४ रनमा अलआउट भयो ।

उसका लागि स्टिभ स्मिथ र एलेक्स केरीले अर्धशतकीय पारी खेले । स्मिथले ९६ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७३ रन बनाए । यस्तै, ५७ बलमा आठ चौका र एक छक्काको सहयोगमा ६१ रनको पारी खेले ।